Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नेपालमा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार