नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक रहेको कांग्रेसले बताएको छ। साथै, कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पनि कांग्रेसले माग गरेको छ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण गर्नु गम्भीर, आपत्तिजनक रहेको बताएका छन्। उनीहरूले अविलम्ब यो काम रोकिनुपर्ने बताएका छन्।
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ भन्नेमा कांग्रेस प्रष्ट रहेको बताइएको छ।









