Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवा र प्रचण्डबीच भेटवार्ता, संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्ने सहमति


प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचत गर्न सहमत भएका छन्। २ नेताबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए। २ नेताबीच संविधानको व्यवस्थाअनुसार नै तीनै तह (स्थानीय, प्रदेश र प्रतिनिधि सभा)को निर्वाचन गर्ने सहमति जुटेको प्रचण्डको सचिवालयका ती सदस्यले जानकारी दिए।

सत्तारुढ गठबन्धका दलहरुबीच निर्वाचनका सन्दर्भमा फरक–फरक धारणा रहेको जनाइएको छ। गठबन्धनमा एकमत नहुँदा स्थानीय तहको निर्वाचन घोषणाको विषय अन्योलमा पर्दै आएरहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच चुनावको विषयमा ‘सहमति’ जुटेको हो।

चुनावका सन्दर्भमा सोमबार २ नेताबीच भएको समझदारीबारे छलफल गर्न भोलि बिहान सकरार संचालन सहयोग सयन्त्रको बैठक बोलाइएको छ। मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी संयन्त्रको बैठक बोलाइएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार