प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ। दलहरुको साझा प्रस्तावको रुपमा जनकपुर राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मत प्राप्त भएपछि जनकपुर नै स्थायी राजधानी कायम भएको हो।
मतदानमा ९९ मत परेको थियो। जसमध्ये सो नामको पक्षमा ७८ मत परेको थियो। दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुर नै स्थायी राजधानी कायम भएको हो। राजधानीका लागि पनि जनकपुर र वीरगंजलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएका थिए।
समितिको प्रस्ताव आइतबारको प्रदेश सभा बैठकमा पेश भएको थियो। समितिले गोप्य मतदानबाट टुंग्याउन भनेर प्रदेशको स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव तय गरेको थियो।








