Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

पशुपति धर्मशालामा बताससँगको सम्झौता रद्द !


पशुपति धर्मशाला सञ्चालनका लागि बतास अर्गनाइजेशनसँग गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट गठन भएको छानविन समितिले बतास अर्गनाइजेशनसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

आइतबार पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गर्दै ‘धर्मशालामा सेभन स्टार जस्तो होटल देखेर आफू छक्क परेकाे’ बताएका थिए ।

बतास समूहले नारायणहिटीमा सस्तोमा भाडामा लिएको खुलासा भएपछि पशुपतिको धर्मशाला प्रकरण पनि विवादमा आएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार