Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सत्ता गठबन्धनको बैठक बस्दै, संसदीय निर्वाचन पहिला गर्ने प्रचण्डको प्रस्तावमा छलफल हुने


सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने उनले बताइन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको संसदीय निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावका बारे पनि छलफल हुने भएको छ । एमालेले निरन्तर संसद अवरुद्ध गरेकोले पहिला संसदको चुनाव गर्ने प्रस्ताव प्रचण्डले अघि सारेका छन् ।

यसअघि गत मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ। सत्ता गठबन्धन दलहरूबिच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार