Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

बुद्ध एयरको जहाज अवतरण गर्न नसकेर एक घण्टा आकाशमा घुम्यो, एक यात्रु बेहोस


काठमाडौंबाट आज बिहान उडेको बुद्ध एयरको एउटा जहाज गन्तव्यमा पुगेर पनि झन्डै एक घण्टा आकाशमा घुमेपछि मात्र नेपालगन्ज विमानस्थलमा अवतरण हुन सकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको Ps 306f को जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगन्ज विमानस्थलमा अवतरण भएको हो। सुरक्षा स्रोतका अनुसार जहाज बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो। तर नसकेपछि एक घण्टा आकाशमै घुमिरहेको हो।

जहाजभित्र एक महिला यात्रु बेहोस अवस्थामा फेला परेकी छन्। बाँके प्रहरीका अनुसार उनको अहिले राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। उनी आकाशमा जहाज घुमेको घुम्यै गरेपछि त्रासले बेहोस भएको अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार