Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली


कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन्। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ। जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ।

डिपार्टमेन्ट स्टोर, सपिङ मल लगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिईएको छ। सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ। यस्तै सार्वजनिक ठाउँमा थुक्न पनि प्रतिबन्ध लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार