राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । बिहीबार बोलाइएको समितिको बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्ताले आज ४ बजे राजनीतिक समन्वय समितिको बैठक तय गरेको हो । बैठक तीन तहका निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।
यसअघि प्रचण्डले बैशाखमा संसदीय निर्वाचन गर्ने र मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावबारे गठबन्धनमा सहमति खोजिने भएको छ ।








