Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

तीनै तहको निर्वाचन १ वर्षभित्र हुन्छः प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले अबको १ वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। अबको १ वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व भएको देउवाको भनाइ छ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनको पूर्व तयारी गर्न पनि निर्वाचन आयोगसहितका ‘सम्बन्धित’पक्षलाई आग्रह गरे।‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ। निर्वाचनका पूर्व तयारीका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु,’ देउवाले भने।

सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अर्ली इलेक्सनको प्रस्तावबारे देउवाले केही बोलेनन्। उनले संसदमा देखिएको अवरोध समाधानका लागि दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार