प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन्। बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा संसद्को गतिरोध अन्त्य, पालिका तह चुनाव लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन । आजको बैठकमा पनि एमाले सहभागी नहुने भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले अहिले निर्वाचनका लागि सर्वदलीय बैठकमा छलफल गरिरहनुको औचित्य नहुने प्रतिक्रिया दिए।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्। पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।








