Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

तीनै तहको निर्वाचन एकैपटक गर्न मिल्छ ? के भन्छन् कानूनविद् ?


कानूनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए । एकै पटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको उनको जिकिर छ ।

वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले संकटको समयमा मात्रै संसद र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले यथासमयमै निर्वाचन गराउनु पर्नेमा जोड दिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रबिरुद्धको षड्यन्त्र भएको दाबी गरे ।

त्यस्तै एकीकृत समाजवादीका नेता डाक्टर खिमलाल देवकोटाले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकाले संशय नगर्न आग्रह गरे । नेता देवकोटाले यसअघि प्रतिनिधिसभाको चुनाव र प्रदेशसभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार