पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । शनिबार २० हजार १८७ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।
आज एकैदिन १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । मुलुकका १५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।
संक्रमणदर उच्च भएसँगै मृत्युदर पनि बढ्न थालेको भन्दै चिकित्सकहरुले थप सावधानी अपनाउन आग्रह गरेका छन् ।





