Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै, निर्वाचनबारे अधिकारिक धारणा सार्वजनिक गर्ने


एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए।

पत्रकार सम्मेलनमा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न बताइएको छ। एमाले बैशाखमै स्थानीय निर्वाचन हुनुपर्ने पक्षमा देखिएको छ ।

पत्रकार सम्मेलनमार्फत ओलीले विकसित राजनीतिक घटनाक्रम, स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे उठेका प्रश्नको एमालेको आधिकारीक धारणा राख्ने अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार