Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

कस्तो छ, कोरोना संक्रमित एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था ?


कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको बताइएको छ । अध्यक्ष ओलीकी निजी चिकित्सक डा दिव्यासिंह राजभण्डारीका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै बदलाव आएको छैन ।

अध्यक्ष ओलीसहित उनकी पत्नी राधिका शाक्य र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमा पनि कोभिड पोजिटिभ देखिएको थियो । अस्ती सचिवालयका कर्मचारी र सुरक्षाकर्मी सहित २१ जनाको स्वाव परीक्षण गर्दा १६ जनाको पोजेटिभ आएको थियो ।

कोरोना देखिएपछि आइतबार गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गर्दै अध्यक्ष ओलीले समसामयिक विषयमा आफ्नो धारणा बक्तव्यमार्फत सार्वजनिक गरेका थिए । सो बक्तव्यमार्फत ओलीले सरकारको चर्को आलोचना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार