Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रदेश–१ मा मात्र मतदान गर्न राप्रपाको ‘ह्वीप’


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्न आह्वान गरेको छ ।

राप्रपाले आज विज्ञप्ति जारी गरी प्रदेश नम्बर–१ बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएको भन्दै उमेदवार नभएका प्रदेशमा मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश–१ मा भने आफ्ना उमेदवारलाई मतदान गर्न भनेको छ ।

प्रदेश १ मा राप्रपा उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार