Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ।आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै चुनावको मिति तोक्ने काम जति ढिलो हुँदै जान्छ त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने उल्लेख गरेको छ।

यसअघि आयोगले स्थानीय तहको चुनावको मिति प्रस्ताव गरिसकेको भन्दै आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम आयोगको परामर्शमा निर्वाचनको मिति यथाशीघ्र तोक्न आग्रह गरिएको छ।

२०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा चुनाव भए पनि पहिलो चरण २०७४ बैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते समाप्त हुने आयोगको ठहर छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार