राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा निर्वाचन सुरु हुनासाथ झडप भएको छ। धनुषास्थित जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो। बुधबार बिहान ९ बजे मतदान सुरु हुनै लाग्दा जनमत पार्टीका कार्यकर्ता मतदानस्थलमा प्रवेश गर्न खोजेपछि तनाव भएको थियो।
त्यसपछि प्रहरीले लाठी चार्ज गरेको थियो। किसानलाई मलको अभाव भएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पहिला मल दिनुपर्ने अनि मात्र मतदान हुनुपर्ने बताएका थिए।
सीके राउत नेतृत्वको जनमत पार्टी किसानलाई मलको माग गर्दै केही समय यता आन्दोलनमा रहेको छ। राष्ट्रिय सभा निर्वाचनमा आज दिउँसो ३ बजेसम्म मतदान हुने समय तय गरिएको छ ।








