Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०


नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । केन्द्रीय तथ्यांक विभागले बुधबार प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।

केन्द्रीय तथ्याङ्क विभागले १९६८ सालदेखि हरेक दश वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। यसको बाह्रौं शृंखला कार्तिक २५ देखि मंसिर ९ सम्म गरिएको थियो।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार