Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी


लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्।

उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरे। मतदानमा प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए।

आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको थियो। १९ पदका लागि सातै प्रदेशमा भएको मतदानमा ४३ जना प्रतिस्पर्धी थिए। सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका थिए। एमाले र लोकतान्त्रिक समाजवादीले प्रदेश २ मा गठबन्धन गरेका थिए। अन्यत्र एमाले एक्लै उभिएको छ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार