Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सात सिट गुमाउँदा पनि राष्ट्रिय सभामा एमाले नै पहिलो दल


१९ सिटमा भएको राष्ट्रियसभा चुनावमा एमालेले एक सिट मात्रै जित्दा पनि पहिलो दलको सूचीमै रहेको छ। एमालेबाट निर्वाचित आठ जना सांसदको आउँदो फागुन २० गतदेखि कार्यकाल सकिँदैछ।

आठजना घर जाँदा एमालेले बुधबार भएको चुनावमा एक सिट मात्रै जितेको छ। तर पनि राष्ट्रिय सभाको पहिलो दल भने कायम रहने भएको छ।

त्यस्तै कांग्रेसबाट निर्वाचित ३ जनाको कार्यकाल सकिँदा ६ जना निर्वाचित भएका छन्। त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीबाट चार चार जना बिदा हुँदा पाँच पाँच जना निर्वाचित भएका छन् । यता राष्ट्रिय जनमोर्चाले पनि राष्ट्रियसभामा प्रवेश पाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार