Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अलपत्र नेपालीको समस्या समाधानबारे श्रममन्त्री श्रेष्ठद्वारा यूएईका राजदूतसँग छलफल


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा हिजो भएको भेटमा उनीहरुबीच द्वीपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भयो ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।अवैधानिक रुपमा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालकहरु, बिचौलिया तथा लामो समयदेखि यूएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई कानुनी दायरामा ल्याउन यूएई सरकारबाट सहयोगको अपेक्षा गरे ।

मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा यूएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुञ्जेल त्यहीँ रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गरे । त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार