नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।शुक्रबार ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ ।
अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।२० जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी नै छ ।








