सर्वोच्च अदालतमा रौतहट नरसंहारका मुख्य आरोपी तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उनको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको हो ।
२०६४ फागुन २७ गते रौतहटमा बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएको र ती सबैलाई आलमको निर्देशनमा इटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा आलम पुर्पक्षका लागि थुनामा छन् ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्








