Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, यस्तो छ पछिल्लो २४ घण्टाको विवरण


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन् ।

मिश्राका अनुसार वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार