Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

निर्वाचन आयोगको पत्रमाथि छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय कमिटी बैठक


राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौंमा हुने भएको छ। निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए।

समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए।

राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो। एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ। पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार