Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त


नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा सहितको विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएर पोखरेललाई मुख्यमन्त्री बनाउनका लागि शुक्रबार प्रदेश प्रमुख समक्ष आग्रह गरेका थिए । तर, बिहिबार प्रदेशसभामा विश्वासको मत गुमाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि भने धेरै सशंकित भएका थिए ।
गण्डकी प्रदेशमा पनि केन्द्रकै नियति दोहोरिन लागेको भन्दै विपक्षी गठबन्धनले चिन्ता व्यक्त गरेका थिए भने नेपाली कांग्रेसले पोखरामा शितल निवासकौ शैली दोहोरिए राम्रो नहुने चेतावनी सहितको विज्ञप्ती नै जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार