Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

माधव नेपाल भन्छन् : पार्टी एकता भंग गर्न खोजियो


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असल नियतका साथ आफूहरुले पार्टी एकताका लागि प्रयास गरिरहेपनि ओली पक्षले त्यसलाई भंग गर्न खोजेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशका सांसदहरुको पुनर्बहालीविरुद्ध भ्याकेटमा जाने ओली पक्षको निर्णयले ओली पक्ष पार्टी एकताका पक्षमा नरहेको देखिएको नेपालको भनाइ छ । सामाजिक सञ्जालमार्फत नेता नेपालले ओली पक्षको निर्णयविरुद्ध आपत्ति प्रकट गरेका हुन् ।
नेपालले लेखेका छन्,‘ कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्टयाएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रष्ट बुझ्न सकिन्छ ।’
ओली पक्षले वार्ता तथा छलफललाई रणनीतिक रुपमा उपयोग गर्न खोजेको भन्दै नेता नेपालले षड्यन्त्रका विरुद्ध एकजुट हुन सबैलाई अपिल समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार