Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

जोर-बिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस, विद्यालय पनि खुल्ने


काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो।

अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो।साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।

माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।

 


प्रतिक्रिया दिनुहोस !
विचार