Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बैशाखमै निर्वाचन गर्ने सरकारको निर्णयप्रति प्रमुख निर्वाचन आयुक्तले दिए यस्तो प्रतिक्रिया


निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आउँदो बैशाख ३० गते गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ। आयोगले चुनाव तयारीका लागि समय पर्याप्त भएको समेत जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगलाई निर्वाचनका लागि तयारी गर्ने समय पर्याप्त भएको भन्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने विश्वास दिलाए।

‘तोकिएको मिति निर्वाचनका लागि पर्याप्त समय हो। समय नपुगेर निर्वाचन गर्न सकेनौं भनेर हामीले भन्नेछैनौं। ढुक्क भए हुन्छ,’उनले भने,‘भोलिदेखि नै निर्वाचनको तयारीका सम्पूर्ण काम अघि बढ्छन्।’ उनले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय भइसकेको भन्दै अब आयोगले तीव्र रुपमा आवश्यक तयारी थाल्ने जानकारी दिए।

‘स्थानीय तह रिक्त गराउनु हुन्न भनेर नै हामीले बैशाख मसान्तभित्र चुनाव गर्नुपर्छ भन्दै आएका थियौं,’ थपलियाले भने,‘सरकारले आयोगको सल्लाह र सिफारिस अनुसार नै मिति घोषणा गरेको छ।’


प्रतिक्रिया दिनुहोस !
विचार