दाङमा माइक्रोबस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
गए राति तुलसीपुर उपमहानगरपालिका–१८, दूधरासमा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा तुलसीपुर उपमहानगपालिका–१८, मनिकापुरका २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा३ख ८६४३ नम्बरको माइक्रो र विपरीत दिशाबाट आएको हाल नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । माइक्रोबसका चालक तुलसीपुरका २६ वर्षीय करण परियार, माइक्रोमा सवार कमल परियार र मोटरसाइकलका चालक रमेश ओली घाइते छन् । घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पठाइएको छ ।
गए राति करिब ९ बजे भएको उक्त सवारी दुर्घटनालगत्तै मोटरसाइकलको ट्यांकी अचानक पड्किएर आगो लाग्दा मोटरसाइकल जलेर नष्ट भएको छ ।
आगोले माइक्रोमा समेत क्षति पुगेको छ ।





