Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

थपिए १०५ संक्रमित, ३ जनाको मृत्यु


नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ४ सय ४८ पिसिआर परिक्षणका क्रममा ७० जना र २ हजार ४ सय ७६ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै थप ३ सय २० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ८ सय ८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय १७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार