Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

माइतीघर मण्डलामा जेनजीहरुको विरोध प्रदर्शन जारी


मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सो समूहले आज मंगलबार पनि माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी युवाहरुले प्रधानमन्त्री राजीनामा दे, जेनजी आन्दोलनमा दमन गर्नेलाई कारवाही गर, जेनजीको माग चूनाव होइन, सुशासन हो लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सोमबार सो समूहले प्रशासनसँग अनुमति नै नलिइ प्रदर्शन गरेपछि प्रहरीले हटाउन खोजेको थियो । सो क्रममा प्रहरीले केहि युवाहरुलाई केहिबेर नियन्त्रणमा लिएको थियो ।

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ । जनतामा राज्यप्रतिको भरोषा कमजोर हुँदै गएकाले युवाहरुलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरुले जनाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार