Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

दैनिक खर्चलाई स्मार्ट बचतमा रुपान्तरण गर्दै ग्लोबल आइएमई बैंक


ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको दैनिक खर्चलाई स्मार्ट बचतमा रुपान्तरण गर्ने उद्देश्यसहित व्यक्तिगत वित्त व्यवस्थापन (प्रशनल फाइनान्स म्यानेजमेन्ट) सेवा विस्तार गरेको छ ।

बैंकले आफ्नो डिजिटल प्लेटफर्म मार्फत ग्राहकको व्यक्तिगत वित्त व्यवस्थापनलाई अझ सहज, स्मार्ट र प्रभावकारी बनाउन नयाँ पहल सुरु गरेको हो । यस अन्तर्गत बैंकले दैनिक खर्च, बचत र वित्तीय लक्ष्य व्यवस्थापनलाई एकीकृत गरी ग्राहकलाई पूर्ण वित्तीय नियन्त्रणको सुविधा प्रदान गर्ने भएको छ।

बैंकले ग्लोबल स्मार्ट एपमार्फत लक्ष्य आधारित बचत, राउन्ड-अफ बचत र बजेट व्यवस्थापन सुविधा उपलब्ध गराउँदै वित्तीय अनुशासन र दिगो बचत प्रवद्र्धन गर्ने जनाएको छ ।

लक्ष्य आधारित बचतमा आपतकालीन कोष, शिक्षा योजना, यात्रा तथा जीवनशैली लक्ष्य, दीर्घकालीन वित्तीय सुरक्षा जस्ता लक्ष्य निर्धारण गरी स्वतः बचत हुने सुविधा रहेको छ। राउन्ड–अफ बचतमा  डिजिटल भुक्तानी गर्दा सानो रकम स्वचालित रुपमा बचत खातामा जम्मा गरिने सुविधा रहेको छ ।

त्यस्तै, व्यवस्थित बजेट तथा खर्च विश्लेषणमा आम्दानी, खर्च र भुक्तानी माध्यम अनुसार वास्तविक समयमा ३६० डिग्री वित्तीय दृश्यता उपलब्ध हुनेछ। स्वचालित मासिक बचतमा ग्राहकको प्राथमिक खाताबाट नियमित बचत कटौती, पूर्व-निर्धारित ब्याजदरसहित बचत खातामा जम्मा गरिने सुविधा रहेको छ।

ग्लोबल आइएमई बैंकका अधिकारीहरुले बताए अनुसार, यी सेवाले ग्राहकलाई दैनिक खर्च व्यवस्थापन र दीर्घकालीन वित्तीय लक्ष्य हासिल गर्न सहज बनाउनेछ। बैंकले यस पहलमार्फत वित्तीय अनुशासन, बचत प्रवद्र्धन र स्मार्ट वित्तीय निर्णयमा ग्राहकलाई सक्षम बनाउने लक्ष्य राखेको छ। साना वित्तीय निर्णयहरुले दीर्घकालीन बचतमा रुपान्तरण गर्न सक्ने यो पहलले नेपालमा व्यक्तिगत वित्त व्यवस्थापनलाई नयाँ स्तरमा पुर्याउने विश्वास बैंकको छ।

डिजिटल वित्त व्यवस्थापनमार्फत व्यक्तिगत आर्थिक अनुशासन प्रवद्र्धन

तीव्र रुपमा विकसित हुँदै गरेको डिजिटल अर्थतन्त्रमा व्यक्तिगत वित्त व्यवस्थापन अब विलासिता नभई अनिवार्य आवश्यकता बनेको छ। बढ्दो जीवनयापन खर्च, वित्तीय जिम्मेवारी, शिक्षा, आवास, यात्रा र अवकाश जीवनसँग सम्बन्धित आकांक्षाले आम्दानी व्यवस्थापन, खर्च नियन्त्रण र दिगो बचत निर्माणका लागि स्मार्ट र नवीन समाधानको माग बढाएको छ।

यस आवश्यकतालाई मध्यनजर गर्दै, ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो ग्लोबल स्मार्ट एप मार्फत एकीकृत व्यक्तिगत वित्त व्यवस्थापन प्रणाली सुरु गरेको छ। बैंकका अनुसार यस डिजिटल पहलले ग्राहकलाई आफ्नो वित्तीय अवस्था सहज, पारदर्शी र स्वचालित तरिकाले व्यवस्थापन गर्न, अनुशासित बचत प्रवद्र्धन गर्न र वित्तीय लक्ष्य पूरा गर्न सक्षम बनाउने उद्देश्य राखेको छ।

डिजिटल माध्यमबाट सरल व्यक्तिगत वित्त व्यवस्थापन

व्यक्तिगत वित्त व्यवस्थापन भनेको आम्दानी, खर्च, बचत र वित्तीय लक्ष्यहरुको योजनाबद्ध, निरन्तर र नियन्त्रित व्यवस्थापन प्रक्रिया हो। परम्परागत रुपमा यो प्रक्रिया म्यानुअल रेकर्ड तथा व्यक्तिगत अनुशासनमा निर्भर रहँदै आएको थियो, जसले धेरै अवस्थामा असक्षमता र असन्तुलन निम्त्याउने गरेको थियो।

डिजिटल बैंकिङको विकाससँगै ग्लोबल आइएमई बैंकले एकीकृत पिएफएम ढाँचा उपलब्ध गराउँदै ग्राहकलाई वास्तविक समयमा वित्तीय गतिविधि ट्र्याक गर्ने सुविधा दिएको छ ।

यस अन्तर्गत ग्राहकहरुले आफ्नो आम्दानी तथा खर्चको निगरानी, डेबिट कार्ड, क्रेडिट कार्ड तथा डिजिटल भुक्तानीहरुको विश्लेषण, वर्ग तथा व्यापारी ( मर्चेन्ट) अनुसार खर्चको विवरण तथा स्वचालित प्रणालीमार्फत नियमित बचत गर्न सक्नेछन्।

बैंकका अनुसार यी सुविधाले ग्राहकलाई आफ्नो वित्तीय अवस्थामाथि पूर्ण दृश्यता र नियन्त्रण प्रदान गर्दै सूचित निर्णय लिन र वित्तीय अनुशासन कायम गर्न सहयोग पु¥याउँछ।

लक्ष्य आधारित बचत प्रणाली

ग्लोबल आइएमई बैंकको पिएमएफ सेवाको मुख्य आधार लक्ष्य आधारित बचत (गोल वेस्ड सेभिङ) हो। यस प्रणालीमार्फत ग्राहकहरुले आपतकालीन कोष निर्माण, शिक्षा योजना, यात्रा तथा जीवनशैली लक्ष्य वा दीर्घकालीन वित्तीय सुरक्षाजस्ता उद्देश्यका लागि बचत लक्ष्य निर्धारण गर्न सक्छन्।

लक्ष्य आधारित बचतका प्रमुख विशेषताअन्तर्गत ग्राहकहरुले आवश्यक कुल रकम, अधिकतम २४ महिनासम्मको बचत अवधि र आफ्नो क्षमताअनुसार मासिक बचत रकम निर्धारण गर्न सक्छन्। यसमा पूर्व–निर्धारित ब्याजदर लागू हुने भएकाले सुनिश्चित र अनुमानयोग्य प्रतिफल प्राप्त हुने बैंकले जनाएको छ । साथै, प्राथमिक खाताबाट स्वचालित रूपमा मासिक रकम कटौती हुने व्यवस्था भएकाले निरन्तरता कायम रहन्छ र म्यानुअल हस्तक्षेपको आवश्यकता पर्दैन।

राउन्ड-अफ बचतः हरेक भुक्तानीसँग स्वचालित बचत

पिएमएफ तथा लक्ष्य आधारित बचतको दायराभित्र ग्लोबल आइएमई बैंकले राउन्ड–अफ बचत (राउन्ड अफ सेभिङ) नामक नवीन सुविधा पनि सञ्चालनमा ल्याएको छ। यस सुविधाले दैनिक डिजिटल भुक्तानीलाई स्वचालित बचतमा रुपान्तरण गर्दछ।

ग्राहकले ग्लोबल स्मार्ट एप प्रयोग गरी भुक्तानी गर्दा प्रत्येक कारोबारबाट सानो रकम स्वतः छुट्याइएर बचत वा लक्ष्य खातामा जम्मा हुन्छ । समयक्रममा यस्ता साना बचतहरू ठूलो रकममा परिणत हुने बैंकको भनाइ छ, जसका लागि ग्राहकले अतिरिक्त प्रयास गर्नुपर्दैन।

राउन्ड–अफ बचतअन्तर्गत ग्राहकका लागि विभिन्न लचकदार विकल्प उपलब्ध गराइएको छ। यसमा प्रत्येक कारोबारमा पूर्व–निर्धारित निश्चित रकम बचत गर्ने, कारोबार रकमको निश्चित प्रतिशत बचत गर्ने तथा कारोबार रकमलाई नजिकको चयन गरिएको अंकमा गोल गरी वास्तविक रकम र गोल गरिएको रकमबीचको अन्तर बचतमा जम्मा गर्ने विकल्प समावेश छन्। यी विकल्पले ग्राहकलाई आफ्नो आम्दानी, खर्च बानी र वित्तीय प्राथमिकताअनुसार बचत योजना अनुकूल बनाउन सहयोग पु¥याउँछन्।

बजेट ३६० सम्पूर्ण वित्तीय दृश्यता

ग्लोबल आइएमई बैंकको बजेट ३६०  प्रणाली पिएमएफ अन्तर्गतको उन्नत बजेट तथा खर्च विश्लेषण उपकरण हो। यसले ग्राहकलाई मासिक तथा वार्षिक खर्च सारांश, आम्दानी र खर्चको तुलना, वर्ग अनुसार खर्च विश्लेषण, भुक्तानी माध्यमअनुसार बजेट निर्धारण तथा पूर्व–निर्धारित सीमाभित्र खर्चको निगरानी गर्न सहयोग पु¥याउँछ।

बैंकका अनुसार यस प्रणालीले अनावश्यक खर्च नियन्त्रण गर्न, खर्च बानी समयमै सुधार गर्न तथा दीर्घकालीन वित्तीय योजना मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

वित्तीय अनुशासन र दिगो बचततर्फ बैंकको जोड

ग्लोबल स्मार्ट एपभित्रका पिएमएफ सेवाहरु लक्ष्य आधारित बचत, राउन्ड-अफ बचत, बजेट ३६० तथा विस्तृत कारोबार ट्र्याकिङको संयोजनमार्फत ग्लोबल आइएमई बैंकले ग्राहकलाई आफ्नो वित्तीय जीवनमाथि पूर्ण नियन्त्रण लिन सक्षम बनाइरहेको छ।

बैंकले साना तर नियमित वित्तीय निर्णयहरूले दीर्घकालीन आर्थिक सुरक्षामा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गर्दै दैनिक खर्चलाई दीर्घकालीन स्मार्ट बचतमा रुपान्तरण गर्ने वातावरण निर्माणमा केन्द्रित रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार