Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

निर्वाचन तयारी सम्बन्धमा जानकारी लिन गृह मन्त्री अर्याल भक्तपुरमा


गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयहरुमा पुगी आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिएका छन् ।

गृह सचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख लगायतका उच्च अधिकारीसहित भक्तपुर पुगेका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै मात्र सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयन गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिए ।

भक्तपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र भक्पुरका दुवै निर्वाचन अधिकृतको कार्यालय पुगी मन्त्री अर्यालले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुसँग भेट गरी निर्वाचनको तयारीबारे जानकारी लिनुभयो। मुख्य निर्वाचन अधिकृतसँगको भेटमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताउँदै आवश्यक समन्वय र सहजिकरणको लागि गृह मन्त्रालय तयार रहेको बताए।

मन्त्री अर्याललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीहरुले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे मन्त्री अर्याललाई जानकारी दिए ।

आजै मन्त्री अर्यालले भक्तपुरमा रहेको बालसुधार गृहको स्थलगत अवलोकन गरी ८ माघमा उक्त गृहमा भएको तोडफोडबाट भएको क्षतिबारे जानकारी लिई आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई आवश्यक कार्ययोजना बनाई काम गर्न निर्देशन दिए ।

बाल सुधार गृहमा भएको उक्त घटना पश्चात् त्यहाँ रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्ताहरुलाई नुवाकोटमा रहेको कारागारभित्र रहेको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार