Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

एक वर्ष बित्दासमेत किन पाएनन् ७ लाखले चालक अनुमतिपत्र ?


सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाएका छैनन्। कोभिड लगायतका कारण कार्ड खरिद गर्न नसकेको भन्दै यातायात व्यवस्था विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन। विभागले गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण गर्न बन्द गरेको छ।

विभागका प्रवक्ता डा। लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ। विदेश जाने र अत्यावश्यक भएकाको हकमा भने लाइसेन्स वितरण भइरहेको छ। विभागका प्रवक्ता भुसालले सबै खरिद प्रकिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम पूरा गरी वितरण गर्ने तयारी गरेको बताए।

विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो। विभागले हाल लाइसेन्स परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार