Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि गायिकाको सर्वत्र आलोचना


ब्रास अगेंस्ट ब्याण्डकी चर्चित गायिका सोफिया उरिस्ता आफ्नो एक हर्कतका कारण पछिल्लो समय विवादमा तानिएकी छन्।आफ्नो उक्त हर्कतका लागि उरिस्ताले माफी पनि मागेकी छन्। उनको ब्याण्ड ब्रास अगेंस्टले पनि यो प्रकरणमा माफी मागेको छ। तर, सोसल मिडियामा यो प्रकरणलाई लिएर अझै पनि आलोचना जारी छ।

११ नोभेम्बरमा आफ्नो एक लाइभ कन्सर्टमा उरिस्ताले एक पुरुष प्रशंसकलाई स्टेजमा बोलाइन् र उत्तानो परेर पल्टिन् भनिन्। त्यसपछि उनले ती पुरुष प्रशंसकको मुखमा पिसाब गरिदिइन्। उरिस्ताले पुरुष प्रशंसकको अनुहारमा पिसाब गरेको भिडियो तीब्र रुपमा भाइरल भयो। त्यसपछि सामाजिक सञ्जालमा उरिस्ता र उनको ब्याण्डको धेरै आलोचना भयो।

आलोचनापछि उरिस्ताले सामाजिक सञ्जालमार्फत माफी माग्दै आफ्नो उक्त हर्कत सही नभएको स्वीकार गरेकी छन्। उक्त घटनामा ब्रास अगेंस्ट ब्याण्डले पनि माफी मागे छ।


प्रतिक्रिया दिनुहोस !
विचार