Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

आज घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?


नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ७०० ले र चाँदी १५ रुपैयाँ घटेको बताएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो ।

यसैगरी, गत शुक्रबार प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको चाँदी आज घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार