Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

शेयर बजारमा हरियाली, अर्थमन्त्रीको सोधखोजपछि उत्साहित बने लगानीकर्ता


लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार भने उल्लेख्य वृद्धि भएको छ । पछिल्ला केहीदिन गरी करिब २०० अंकले गिरावट आएको बजार यस दिन भने ह्वात्तै बढ्यो । मंगलबार एकैदिन शेयर बजार करिब ८० अंकले बढेको हो ।
मंगलबार कारोबार भएका सबैजसो कम्पनीका शेयर बढेका थिए । तर, परिसूचक बढेपनि कूल कारोबार रकम भने अपेक्षित बढ्न सकेन ।
यस दिन १० अर्ब रुपैंयाँमा कारोबार सिमित भयो । दैनिक करिब २० अर्ब रुपैयाँसम्म कारोबार भएको शेयर बजारमा कारोबार रकम भने आधा नै कम देखिएको हो ।
शेयर बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डले अघिल्लो साता जोखिमयुक्त कम्पनी भन्दै विभिन्न ५१ कम्पनीहरुको सूची सार्वजनिक गरेपछि बजार लगातार ओरालो लागेको थियो । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले बजारलाई नकारात्मक प्रभाव पार्ने गतिविधी नगर्न भन्दै धितोपत्र बोर्डका अधिकारीहरुलाई सचेत गराएपछि बजार पुरानै लयमा फर्किएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार