काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई पराजित गरेको छ । चितवनसँग काठमाडौँ ६१ रनले पराजित भएको हो ।
चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको गोर्खाज १४३ रनमा सीमित भयो । यो जितसँगै चितवन राइनोज क्वालिफायर २ मा पुगेको छ । क्वालिफायर २ मा चितवन र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।







