Logo
१३ मंसिर २०८३, आईतवार
|  Sun Nov 29 2026

”मुलुकमा लगानीको वातावरण बनाउन सरकार २४ सै घण्टा खटेको छ”: उद्योगमन्त्री साह


भैरहवा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले सरकार मुलुकमा लगानीको वातावरण बनाउन तत्पर रहेको बताएका छन् । उनले उद्योगी–व्यवसायीको साथ पनि सरकारले खोजिरहेको बताएका हुन् ।

शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले वर्तमान सरकार सोहीअनुसार अघि बढिरहेको बताएका हुन् ।

उनले उद्योग विभागमा एकद्वार प्रणालीलाई सशक्त बनाउन लागिपरेको बताए । उनले उद्योग मन्त्रालयलाई आफ्नै घर सम्झिन आग्रह गरे ।उनले आफ्नो पारिवारिक पेशा नै व्यवसाय भएको र पढाइको पेशा इन्जिनियरिङ/औद्योगिक क्षेत्र भएकोले उद्योगी–व्यवसायीको अथाह माया भएको बताए । मञ्चमा मात्र भाषण गर्नुभन्दा बसेर समस्या समाधानका लागि चिन्तित हुनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार