Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

दाह्री पाल्दा पनि कर तिर्नुपर्ने !


पहिले पहिलो धार्मिक आस्था बोकेका योगीहरुले मात्रै प्रायः दाह्री पाल्ने गर्थे । तर, हिजोआज प्रायःजसो युवा देखि लिएर प्रौढ र वृद्ध पुरुषहरुले पनि दाह्री पाल्ने गरेको पाइन्छ । दाह्री पाल्दा कतिपयले व्यक्तित्व बढेको महसुस गर्ने भएका कारण पनि स्टाइलिस तरिकाले दाह्री पाल्ने गरेको पाइन्छ । तर, एक जमाना यस्तो थियो जुन बेला दाहृी पाल्दा सरकारलाई कर तिर्नु पर्दथ्यो ।
प्राचिन समयमा १८ औँ शताब्दीतिर रुसमा पुरुषहरुलाई दाहृी पाल्न प्रतिबन्ध लगाइएको थियो । त्यस समयमा तत्कालिन राजा पिटर द ग्रेटलाइ दाहृी पालेको मान्छे देख्नासाथ रिस उठ्ने गर्दथ्यो । त्यही भएर उनी दाहृी पालेका मान्छेको अनुहार समेत हेर्न चाहँदैन थिए । आफ्नो देशका प्रजाहरु कसैले पनि दाहृी नपालुन भनेर उनले कर लगाएका थिए । उनको कार्यकालमा ज जसले दाह्री पालेका छन् तीनिहरुले प्रतिबर्ष प्रतिव्यक्ति १०० रुबल कर तिर्नु पर्दथ्यो ।


प्रतिक्रिया दिनुहोस !
विचार