Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

देशभरका उच्च अदालतमा नेपाल बारको विरोधसभा


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गरिरहेको छ । सबै उच्च अदालतमा बारले आफ्ना केन्द्रीय प्रतिनिधि खटाएको छ।

प्रधानन्यायाधीश जबराले वर्तमान मन्त्रिमण्डलमा आफ्नो पनि ‘भाग’ खोजेको रहस्य सार्वजनिक भएयता उनी विवादमा परेका हुन्। यसबाहेक न्यायालयमा बेथिति बढाउने अन्य गलत गतिविधि गरेको आरोप पनि उनलाई लागेका छन्।

सर्वोच्च अदालतबाट उनी नहटेसम्म न्यायालय नसुध्रिने भन्दै नेपाल बार एसोसिएसन झन्डै एक महिनादेखि आन्दोलनरत छ। यही क्रममा बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गरेको हो ।

बारले भोलि सर्वोच्च अदालतलेखि बालुवाटारसम्म मार्चपास गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार