Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

बाइडेनले लोकतान्त्रिक मुलुकको सम्मेलन गर्दै नेपाललाई पनि निम्तो


अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहित विश्वभरका ११० लोकतान्त्रिक मुलुकलाई एक भर्चुअल सम्मेलनको लागि निमन्त्रणा पठाएका छन्। यो सम्मेलन ९–१० डिसेम्बरमा हुनेछ। सम्मेलनमा चीन र रुसलाई भने निमन्त्रणा पठाइएको छैन।

अमेरिकाको यो कदमले आगामी दिनमा अमेरिका–चीन तनाव थप बढ्न सक्ने आकलन गरिएको छ। केही दिनअघि मात्र चीनले अमेरिकालाई ताइवान मुद्दामा आगोसँग नखेल्न चेतावनी दिएको थियो। बाइडेनले टर्कीलाई पनि निम्तो पठाएका छैनन्।

दक्षिण एसियाली मुलुकमा अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई पनि यो सम्मेलनको लागि निमन्त्रणा पठाइएको छैन।


प्रतिक्रिया दिनुहोस !
विचार