नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइको छ ।





