Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

माओवादी त्यागेर एमाले छिरेका मेयर सहित १४ जनाको पद गयो


नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिले पद गुमाउनुपरेको छ ।
माओवादी केन्द्रको अनुरोधका आधारमा निर्वाचन आयोगले १४ जना जनप्रतिनिधिको पद नरहेको सूचना प्रकाशित गरेको हो ।
यसरी पद गुमाउँनेमा रौतहटको कटहरिया र मौलापुरका मेयर, महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष लगायत ६ जना उपप्रमुख तथा वडा अध्यक्ष र सदस्य रहेका छन् । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीका आधारमा ती स्थानीय तहका जनप्रतिनिधिको पद नरहेको जनाएको हो । आयोगले प्रकाशित गरेको सूचनाको पूर्ण विवरण यस्तो रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार