Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

फरक देखिन नाक र ओठ काटेका एन्थोनीले हातका दुई औंला पनि काटेपछि…


फरक फरक मानिसमा फरक किसिमको शोख हुन्छ। तर, केही मानिसको शोख भने अचम्मलाग्दो हुन्छ। फ्रान्सका ३३ वर्षीय एन्थोनी लोफ्रेडो यस्तै अजीवको शोख भएका मानिस हुन्। डेलिमेल अनुसार हालै उनले शल्यक्रिया गरेर आफ्नो हातको दुई औंला काटेका छन्। लोफ्रेडोले आफूलाई फरक किसिमको देखिने बनाउन बायाँ हातको दुई औंला काटेका हुन्।

यसअघि नै लेफ्रेडोले नाक र माथिल्लो ओठ पनि काटिसकेका छन्। उनको शरीरभरि नै विभिन्न आकृतिको ट्याटु छ। यहाँसम्मकी उनले आफ्नो आँखाभित्र पनि ट्याटु बनाएका छन्। उनले आफूलाई ‘ब्ल्याक एलियन’ जस्तो देखाउन आफ्नो भेष परिवर्तन गरेका हुन्।

सन् २०१७ मा उनले एक अन्तर्वार्तामा आफू मानिस अर्को स्वरुपमा परिवर्तन हुनस सक्छ भन्नेमा विश्वास राख्ने व्यक्ति भएको बताएका थिए। उनी पहिला सुरक्षा गार्डको काम गर्थे। उनले आफ्नो शोख पूरा गर्नको लागि काम छाडिदिए।

लेफ्राडो अहिले आफू ‘ब्ल्याक एलियन’ बन्ने कार्यमा ३४ प्रतिशत सफल बताएको बताउँछन्। उनको यस किसिमको विवादित भेष बदल्ने कार्यले इन्स्टाग्राममा प्रशंसा र गाली दुवै पाइरहेको छ। केहीले यो कार्यलाई आफ्नो शोख पूरा गर्न पछि नहटेको रुपमा लिएका छन् भने धेरैले उनी अन्ततः पछुताउनुपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार