Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

एमाले अध्यक्ष ओली चितवन प्रस्थान गर्दै, यस्ता छन् आजका कार्यक्रम


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जाँदै छन्। ओली बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हनेछन्। भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ। आज अध्यक्ष ओली सौराहामा हुने बुद्धिजीवी परिषद्को बैठकलाई सम्बोधन गर्नेछन् ।

नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्।


प्रतिक्रिया दिनुहोस !
विचार