Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार २०० मा आइपुगेको छ।

आज चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार