Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

महासचिवभन्दा तलको पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा


नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दशौं राष्ट्रिय महाधिवेशनमा आफू महासचिवभन्दा तलको पदको लागि उम्मेदवार नहुने बताएका छन्।

मैले यो पद भनेर दाबी गरेको छैन। तर सहमतिमा यो कुरा टुंगिन्छ। मैले हिजो उठेको ठाउँ पनि पार्टीलाई थाहा छ। बाहिरभित्र सबैलाई थाहा छ। मेरो योग्यता क्षमता र पार्टीभित्र मेरो इतिहास सबै थाहा छ। त्यसैले त्यही अनुसारको व्यवस्थापन हुन्छ भन्ने लाग्छ’, पाण्डेले भने।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार